+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लोकमानलाई बहिर्गमन गराउने वकिल भन्छन्- अब दलका नेताले सार्वजनिक माफी माग्नुपर्छ

एकजना लोकमान गए पनि लोकमान प्रवृति बाँकी छ

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १८:२८

om-prakash-aryal

२४ पुस, काठमाडौं । लोकमानसिंह कार्की जतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त भए, त्यसबेला युवा अधिवक्ता ओमप्रकाश अर्याल अदालतको ढोका ढक्ढकाउन पुगेका थिए । सर्वशक्तिमान लोकमानसँग एक जना सामान्य युवाले लडेको कानूनी लडाइँलाई अन्ततः सर्वोच्च अदालतले सार्थक सिद्ध गरिदिएको छ ।

दलका नेताहरु र सिंगो संसद लोकमानसिंह कार्कीसँग डरले थुरथुर काँपिरहेका बेला आफूले लडेको कानूनी लडाइँमा विजयी भएपछि अभिवक्ता अर्याल खुशीले गदगद छन् । उनीले खुशी साट्दै अनलाइनखबरसँग भने, ‘म एकदमै खुशी छु । यो सुशासन र कानूनी पक्षमा भएको फैसला हो । दलका नेताहरुले उनलाई अख्तियार प्रमुखमा नियुक्त गर्नु गल्ती थियो भन्ने मेरो दाबी थियो, त्यो आज प्रमाणित भयो ।’

अब नेताहरुले आत्मालोचना गर्नुपर्छ

अधिवक्ता अर्यालले अब लोकमानलाई अख्तियार प्रमुख बनाउने शीर्ष नेताहरुले जनतासमक्ष सार्वजनिकरुपमा माफी माग्नुपर्ने बताए । उनले अनलाइनखबरसँग भने- ‘अब नेताहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’

लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन भूमिका खेल्ने नेताहरुमध्ये सुशील कोइराला दिवंगत भइसकेका छन् । बाँकी नेताहरुमा झलनाथ खनाल, प्रचण्ड, डा. बाबुराम भट्टराईदेखि केपी ओली सबै दलको उच्च पदमै छन् ।

तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश खिलराज रेग्मी पनि अवकासपछिको जीवन विताइरहेका छन् । रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको सपथ खाएको अघिल्लो दिन नै उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।

एउटा लोकमान गए, अरु लोकमान बाँकी छन्

lokman-sing-karki

अधिवक्ता अर्यालले एकजना लोकमानसिंह कार्की गए पसिन देशमा अझै धेरै लोकमानहरु रहेको बताए । अब तिनीहरुविरुद्ध संघर्ष छेड्नुपर्ने उनले बताए ।

अर्यालले अनलाइनखरसँग कुरा गर्दै भने, ‘एकजना लोकमान गए पनि देशमा लोकमान प्रवृत्ति बाँकी नै छ । देशमा अझै धेरै लोकमानहरु हुनुहुन्छ, लोकमान प्रवृत्ति विरुद्ध अझै संघर्ष बाँकी नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?