Comments Add Comment

यसवर्ष कुन-कुन स्टारको छोराछोरीले वलिउड इन्ट्री गर्दैछन् ?

यस वर्ष वलिउडमा थुप्रै नयाँ अनुहार भित्रिने संभावना छ । त्यो पनि, वलिउड स्टारकै छोराछोरी । यो पंक्तिमा श्रीदेवीको छोरी जाह्न्वी, सैफ अलीखानको छोरी सारादेखि शाहरुख खान पुत्र आर्यनसम्म छन् ।

aryan-khanआर्यन खानः वलिउड वादशाह शाहरुख खानका छोरा अहिले १८ वर्षका जवान भैसकेका छन् । लन्डनसिस्थत एकै स्कुलमा पढ्ने क्रममा आर्यन अभिताभ वच्चनकी नातिनी नव्या नवोली नन्दसँग अफेयरमा रहेको खवर छाएको थियो । दुवैको फोटो सोसल मिडियामा भाइरल समेत भएको थियो ।

यसैवीच आर्यनले उनै नव्यसँग वलिउड डेब्यु गर्ने अड्कलबाजी हुने गरेको छ । तर एक अन्र्तवार्तामा करण जौहरले आर्यनको डेब्युमा आफ्नो ठूलो रोल हुने खुलाएका छन् । आफैले काखमा राखेर खेलाएको आर्यनलाई बलिउड डेब्यु गर्ने कुरा आफ्नो निम्ति समेत विशेष हुने उनले वताएका थिए ।

अर्कोतिर यशराज फिल्म्स्को व्यानरमा वन्ने ‘धुम’कै कुनै ऋखंलावाट आर्यनले बलिउडमा इन्ट्री गर्ने हल्ला पनि छ ।

sara-ali-khan

सारा अली खानः वलिउड अभिनेता सैफ अली खानकी पहिलो श्रीमति अमृता सिंहकी छोरी हुन्, सारा अली खान । कहिले पूर्व केन्द्रिय मन्त्रीको नातीसँग डेटिङ गरेको त कहिले शाहिद कपुरको भाई इशान खट्टरसँग रिलेसनसिपमा रहेको चर्चाले मिडियामा छाइरहेकी सारा यसैवर्ष फिल्ममा देखिने संभावना छ ।
त्यसो त करण जौहरले वनाउन लागेको ‘स्टुडेन्ट अफ द इयर-२’मा दुवैले स्त्रिmन सेयर गर्ने वताइएको छ । अर्कोतिर ‘द फल्ट इन आर स्टार्स’ को रिमेकमा समेत सारा र इशानले इन्टि्री गर्ने चर्चा छ ।

jhanvi-kapoor3

जाह्न्वी कपुरः श्रीदेवी तथा बोनी कपुरकी छोरी जाह्न्वीको कामुक हाउभाउ सहितको तस्विरले वेलावेला सोसल मिडियामा हंगमा मच्याउने गरेको छ । केहि समयअघि मात्र ब्वाइफ्रेन्ड शिखर पहरियासँग चुम्वन गरेको फोटोले सोसल मिडिया गर्मएको थियो ।

जाह्न्वी यसैवर्ष वलिउड इन्टि्र गर्ने खवर छ । यसैका निम्ति उनले पुरा तयारी गरेकी छिन र बोल्ड फुटोसुट समेत गराएकी छिन् । उनलाई करण जौहरले फिल्ममा ल्याउने वताइएको छ ।

त्यसो त उनलाई ‘गजनी’ र ‘होलिडे’ जस्ता हिन्दी फिल्म निर्माण गरिसकोका ए आर मुरुगदासले आफ्नो तेलुगु फिल्ममा लिन चाहको हल्ला पनि वाहिर आएको थियो । यद्यपी भारु १ सय ५० करोडमा बन्ने यो फिल्ममा छोरीलाई खेलाउन श्रीदेवी राजी भइनन् ।

 

aahaan-shettyआहान सेट्टीः अभिनेता सुनिल सेट्टीको छोरा आहान सेट्टीले यसै वर्ष वलिउड डेब्यु गर्ने पक्का भैसकेको छ । उनले सजिद नाडियावालाको फिल्मवाट इन्ट्री गर्दैछन् ।
उनको आगमनलाई लिएर वलिउड स्टार सलमान खानले समेत आफु निकै उत्साहित भएको वताएका थिए भने ‘वलिउडका अवको सुपरस्टार’ भन्दै करण जौहरले ट्वीट गरेका थिए । आहान गाउन सौखिन छन् । उनी एक प्रशिद्ध सांगीतिक समूहमा समेत आवद्ध छन् ।

ishan-khatar

इशान खट्टरः सैफ अली खानकी छोरीसँगको रिलेसनसिपमा रहेका इशान खट्टर पनि यसै वर्ष वलिउड प्रवेश गर्ने संभावना छ । उनको उनले मराठी सुपरहिट फिल्म ‘सौराट’को हिन्दी संस्करणमा खेल्ने पनि चर्चा छ ।

सौराट मराठी फिल्मको इतिहासमा सवैभन्दा वढी कमाइ गर्ने फिल्म हो । नागराज मजुले निर्देशन गर्ने यो फिल्म अहिले पोस्ट प्रोडक्सनको क्रममा छ ।

aaliya-bediआलिया अब्राहमः अभिनेत्री पुजा बेदीकी १८ वषिर्य छोरी आलिया अब्राहम अहिले लाइमलाइटमा छिन् । उनले वलिउड प्रवेश गर्ने इच्छा व्याक्त गरेकी छिन् । साथै इन्स्टाग्राममा आफ्नो ग्ल्यामरस फोटो समेत पोस्ट गरेकी छिन् । सन् १९९७ मा जन्मिएकी आलिया सोसल मिडयामा हट फोटो सेयर गरेर चर्चामा आउने गरेकी छिन् ।

रोहन मेहराः विनोद मेहराको छोरा रोहन पनि वलिउड डेब्यु गर्दैछन् । रोहनका लागि निखिल आडवाणीले आफ्नो ब्यानरमा फिल्म निर्माण गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment