Comments Add Comment

‘पीके’को रेकर्ड तोड्दै ‘दंगल’ बन्यो सर्वाधिक कमाउने बलिउड फिल्म

aamir-in-and-dangal-movie
नायक आमिर खानले आफ्नै रेकर्ड आफै तोडेका छन् । योसँगै, आमिर खान अभिनित चलचित्र ‘दंगल’ सर्वाधिक व्यापार गर्ने बलिउड चलचित्र बनेको छ ।
तेश्रो हप्ताको विकेन्डमा ३१.७९ करोडको व्यापार गर्दै चलचित्रले सर्वाधिक कमाउने बलिउड चलचित्रको रेकर्ड राखेको हो । यस अगाडि, आमिर खानकै ‘पीके’को नाममा यो रेकर्ड थियो ।

चलचित्रले तेश्रो हप्ताको आइतबारसम्म ३४५.३० करोडको व्यापार गरेको छ । ‘पीके’को लाइफ टाइम कलेक्शन ३४०.८ करोड थियो । चलचित्रले तेश्रो हप्ताको शुक्रबार ६.६६, शनिबार १०.८० र आइतबार १४.३३ करोडको व्यापार गरेको हो ।

३ हप्तासम्म कुनै पनि नयाँ चलचित्र रिलिज नहुँदाको फाइदा यसले उठाएको छ । यस्तै, क्रिसमस र नयाँ बर्षको बिदाका कारण पनि चलचित्रले यो व्यापार गरेको हो । चलचित्रको बिषयवस्तु पावरफूल हुनु अर्को फाइदा हो ।

बलिउडमा सय, २ सय, २ सय ५०, ३ सय करोडको स्थापना गरेका आमिरले अब ३ सय ५० करोडको पनि सुरुवात गर्ने भएका छन् । यस अगाडि ‘दंगल’ले सलमान खानको ‘सुल्तान र बजरंगी भाइजान’को रेकर्ड तोडेको थियो ।

ओभरसिजमा यो चलचित्रले १७ दिनमा १ सय ७४ करोडको व्यापार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment