Comments Add Comment

लोकमानलाई कालोमोसो दल्ने युवालाई एक महिना जेल

lok-man-singh-karki-attacked-on-supreme-court-4

२५ पुस, काठमाडौं । लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने विप्लव माओवादीका दुई जना कार्यकर्ताहरुलाई सर्वोच्च अदालतले एक महिना जेल सजाय सुनाएको छ ।

पुस ८ गते अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रप्रकाश बुढालाई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले एक महिना कैद सजाय सुनाएको हो ।

अदालत पुगेका कार्कीलाई शाही र बुढाले यही पुस ८ गते कालो मोसो दलेर दुर्व्यवहार गरेका थिए । त्यसलगत्तै भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका उनीहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए ।

लोकमान सिंह कार्कीले भने विज्ञप्ति निकालेर ‘उनीहरु कारिन्दा हुन् छाड्दिनू’ भन्ने प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment