+
+
Shares
संसदीय सुनुवाइ समितिको बैठक आज :

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीमाथि सुनुवाइ हुँदै

संघीयता सबलीकरण समितिको बैठक पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ गर्दै छ ।
  • सिंहदरबारमा बिहान सवा ११ बजे बस्ने बैठकमा कार्कीविरुद्ध उजुरी दिनेहरूसँग छलफलपछि सुनुवाइ हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको छ ।

१३ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ हुनेछ ।

सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

त्यसका लागि सुनवाइ समितिको बैठक आज बिहान सवा ११ बजे सिंहदबारमा बोलाइएको छ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

यसैबीच संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?