+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीशलाई सभापतिको शुभकामना– ६ वर्षपछि आजका प्रश्न गलत महसुस गर्न पाइयोस्

सुनुवाइका क्रममा उनले भनेका छन्, ‘६ वर्षपछिको बिदाइमा आज आएका प्रश्न गलत रहेछ भन्ने महसुस गर्न पाइयोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई न्याय सम्पादनमा शुभकामना दिएका छन्।
  • श्रेष्ठले भने, ‘६ वर्षपछिको बिदाइमा आज आएका प्रश्न गलत रहेछ भन्ने महसुस गर्न पाइयोस्।’
  • सुनुवाइ क्रममा डा. शर्माले प्रश्नहरूको जवाफ दिइरहेका छन्।

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अहिले आएका प्रश्न आफैं खारेज हुनेगरी न्याय सम्पादन होस् भन्ने शुभकामना दिएका छन् ।

सुनुवाइका क्रममा उनले भनेका छन्, ‘६ वर्षपछिको बिदाइमा आज आएका प्रश्न गलत रहेछ भन्ने महसुस गर्न पाइयोस् ।’

त्यसबेला औपचारिक बिदाइ नभए पनि अनौपचारिक बिदाइ होस् र त्यसमा सहभागी हुन पाइयोस् भन्दै समिति सभापति श्रेष्ठले शुभकामना दिएका हुन् ।

अहिले आएका प्रश्न आफैं खारेज हुनेगरी न्याय सम्पादन होस् भन्ने शुभकामना पनि आफ्नो रहेको सभापति श्रेष्ठको भनाइ छ ।

अहिले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले जवाफ दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?