Comments Add Comment

जेलमा रहेका पूर्वराज्यमन्त्री साहविरुद्ध भ्रष्टाचारको मुद्दा, ३१ करोडको स्रोत खुलेन

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वराज्यमन्त्री एवं निलम्बित सांसद संजयकुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

sanjya-kumar-shahसाहको ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र स्रोत नखुलेको दाबीसहित अख्तियारले सोमबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साह भने जनकपुर बम काण्डमा जेलमा छन् ।

अख्तियारले ३१ करोड ५० दाख २६ हजार ५५९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा २ बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ ।

साथै साह सांसद, पूर्व राज्यमन्त्री समेत रहेकाले राष्ट्रसेवक एवं पदाधिकारी समेत रही कुसर गरेकाले ऐनको दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको छ ।

साह पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् ।

अख्तियारले साहका साथै उनका बाबु साधु साह सुडी, आमा दुलारी, श्रीमती रंगिला, भाइ रामकुमारको कम्पनी तथा व्यवसायिक फर्मका कर्मचारी राममिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती निलमको नाममा समेत सम्पत्ति लुकाएको देखिएको अख्तियारको दाबी छ ।

भ्रष्टाचार निवारण ऐको दफा ४७ र अख्तियार ऐन २०४८ को दफा २९ (ख) बमोजिम जफतको माग गर्दै उनीहरु उपर पनि मुद्दा दायर भएको छ ।

मनी ट्रान्सफरको नाममा हुण्डीको धन्दा

साहका भाई रामकुमारको नाममा रहेको मिथिला मनी ट्रान्सफरले एक शाखाबाट अर्कोमा रकम पठाउँदा बैंकिङ प्रणालीमा नराखेको र हुण्डीको समेत कारोबार गर्ने गरेको पाइएको छ । अख्तियारले यसबारे छानविन गर्न नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने निर्णय गरेको छ ।

साथै साहका बुबा साधुको नाममा रहेको मिथिला आयल स्टोर्सले राजश्व छलेको पाइएको छ । यसबारे अनुसन्धान र कारबाही गर्न राजश्व अनुसन्धान विभाग पठाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment