Comments Add Comment

के करण जौहर समलिंगी हुन् ? यस्तो छ उनको स्वीकारोक्ति

karan-2बलिउड निर्देशक करण जौहरलाई बेलाबखत समलिंगीको आरोप लाग्ने गर्छ । यो विषयमा करण हत्पत्ती मुख खोल्दैनन् । तर हालै प्रकाशित आफ्नो बायोग्राफी ‘एन अनसूटेबल व्वाइ’ मा करणले आफूमाथि लाग्ने गरेका आरोपबारे सफाई दिएका छन् । उनले आफू समलिंगी नै भएको घुमाउरो संकेत गरेका छन् ।

पुस्तकमा करणले लेखेका छन्, ‘सबैलाई थाहा छ मेरो सेक्सुआलिटी के हो । तर म आफ्नै मुखले भन्न सक्दिन किनकी म यस्तो देशमा छु, जहाँ मैले यसबारेमा बोलेँ भने जेल जानुपर्ने हुन सक्छ । म यसकारण बोल्दिन कि म एफआइआरको चक्करमा पर्न चाहन्न । मेरो आफ्नो काम छ, केही प्रतिवद्धता छन्, मेरो कम्पनीमा धेरै व्यक्तिहरु काम गर्छन्, म धेरै व्यक्तिहरुप्रति जवाफदेही छु । यो सबै छोडेर म अदालत धाउन चाहन्न ।’

करणले अगाडि लेखेका छन्, ‘बिहान उठ्नासाथ मैले ट्वीटरमा २०० घृणाजन्य प्रतिक्रियाहरु पढ्नुपर्छ । त्यसमा लेखिएको हुन्छ, तिमीले हाम्रो देशलाई फोहोर पारिरहेका छौ, समाजलाई बर्बाद बनाइरहेका छौ । तिमी देश छोडेर जाउ । यस्ता प्रतिक्रिया पढ्दा मलाई हाँसो उठ्छ ।’

‘एकपटक त हदै भयो । लन्डनको हिथ्रो एयरपोर्टमा एक अपरिचित व्यक्तिले मलाई सोधे, के तपाईं समलिंगी हो ?’ मैले पनि सोधेँ, ‘किन ? तपाईं इन्ट्रेस्टेड हो ?’ उ बिच्किएर हिँड्यो ।’

‘जब म एक्लै कोही पुरुषसँग एक्लै हुन्छु, त्यतिबेला यही चिन्ता लाग्छ कि मानिसहरुले म उसँग सुत्न गइरहेको छु भन्ने नसोचुन् । म पहिले कहिले पनि आफ्नो यौनिक झुकावलाई लिएर कुरा गर्न चाहन्नथेँ, किनकी यो मेरो व्यक्तिगत मामला हो कि म होमोसेक्सुअल, बाइसेक्सुअल वा हेट्रेसेक्सुअल जे हुँ । मलाई देशमा होमोसेक्सुआलिटीको पोस्टर व्वाई जस्तो बनाइएको छ । तर आजकाल मलाई यस्ता कुराहरुले छुदैन ।’

karan-johar-jan-30

शाहरुख दाजुजस्ता

करणको अभिनेता शाहरुख खानसँगको विशेष सम्वन्धलाई लिएर पनि विभिन्न अड्कल काटिन्छ । पुस्तकमा शाहरुख खानसँगको सम्वन्धलाई लिएर करणले भनेका छन्, ‘शाहरुख र मेरो सम्बन्धलाई लिएर वर्षौंदेखि विभिन्न अफवाहहरु फैलिएका छन् । पहिले यसबाट म दिक्दार हुन्थेँ । म एउटा हिन्दी च्यानलको शोमा गएको थिएँ । मलाई शाहरुखको विषयमा सोधियो । अन्तरवार्ता लिने व्यक्तिले भने, तपाईंहरुको सम्वन्ध त अनौठो छ नी । उसको सोधाईको पारा यस्तो थियो कि मलाई निकै रिस उठ्यो । मैले उनलाई प्रतिप्रश्न गरेँ, ‘यदि मैले तपाईंलाई भनेँ कि तपाईं आफ्नो भाईसँग सुत्नुहुन्छ, तपाईंलाई कस्तो लाग्छ ?’

करणले आजकाल यस्ता कुराहरुलाई गम्भीरतापूर्वक लिने नगरेको बताए । शाहरुखलाई आफूले पिता र दाजुसरह मान्ने गरेको उनको भनाई छ । शाहरुखको विषयमा करणले भने, ‘यदि कसैको विवाहइतर सम्वन्ध छैन भने मानिसहरुले उसलाई समलिंगी भनिदिन्छन् ।’ -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment