Comments Add Comment

५६ वर्ष पुरानो सिँचाइ आयोजना अझै पूरा भएन

sichai
२६ पुस, तेह्रथुम । निर्माण सुरु भएको ५६ वर्ष बितिसक्दा पनि तेह्रथुमको पिंंगुवा सिँचाइ आयोजना पूरा नहुँदा म्याङलुङ नगरपालिकाका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।

विसं २०१६ मा निर्माण सुरु भएको १८ किलोमिटर लामो यो आयोजना निर्माणका लागि स्थानीयले माग गरेपनि सुनुवाइ नभएको साव्ला गाविसका पूर्व अध्यक्ष एवम् पिंगुवा सिँचाइ आयोजनाका अध्यक्ष अभिनारायण लिम्बूले बताए ।

आयोजनास्थलमै आएर दुईवर्ष अघि पूर्वसिँचाइमन्त्री एनपी साउदले आयोजनाको काम तत्कालै सुरु गर्ने आश्वासन दिनुभएको थियो । तर त्यसयता कुनै काम नभएको स्थानीयको भनाइ छ ।

अठार किलोमिटर लामो कुलो भएको यो आयोजना निर्माणका लागि रु ५५ करोड खर्च हुने सिँचाइ विकास डिभिजन कार्यालय तेह्रथुमले जनाएको छ ।

आयोजना सम्पन्न भएमा म्याङलुङ नगरपालिकाको एक हजार ७०० हेक्टर क्षेत्रफल जमिन सिँचाइ हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment