+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

तास खेल्ने विद्युत प्राधिकरणका कर्मचारीलाई कारवाही

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २६ गते १९:५७

taas-kheldai-karmachari

२६ पुस, झापा । कार्यालयभित्रै तास खेलिरहेको अवस्था भेटिएका नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, दमकका कर्मचारीलाई कारबाही गरिएको छ । उनीहरुलाई विभागीय कारबाही गरिएको कार्यालय प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिए ।

ज्यालामा काम गर्दै आएका होमबहादुर अधिकारी र हरिचन्द्र तिम्सिनालाई कामबाटै निकालिएको शाहले बताए । साथै, अन्यलाई स्पष्टीकरण सोधिएको छ ।

‘उहाँहरुलाई विभागीय कारबाही गरिएको छ’, साहले अनलाइनखबरसँग भने, ‘जसअन्तरगत प्रमोशन रोक्नेदेखि लिएर सेवाबाट निष्कासन गर्नेसम्म कारबाही हुन सक्छ ।’

सोमबार दिउँसो विद्युत प्राधिकरणका कर्मचारीहरु होमबहादुर अधिकारी, हरिचन्द्र तिम्सिना, सन्तोष दाहाल, राधाकृष्ण चौधरी र नवराज न्यौपानेले कार्यालयभित्रै तास खेल्दै गर्दा भेटिएका थिए ।

उनीहरु प्राधिकरणका प्राविधिक हुन् । उक्त विषयमा मंगलबार बिहान अनलाइनखबरमा समाचार प्रकाशन भएको थियो ।

यो पनि पढ्नुहोस्

विद्युत् प्राधिकरणका कर्मचारीः जो काम छाडेर तास खेल्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?