२७ पुस, विराटनगर । स्वर्गीय जननेता मदन भण्डारीको सम्झनामा मोरङको इटहरालाई मदन भण्डारी नमूना गाउँ बनाउने अभियान सुरु भएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठानले भण्डारीले आˆनो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसमा विकासका पूर्वाधार निर्माण गरेर नमूना गाउँ बनाउन लागेको हो ।
इटहरा ८ लाई मदनग्राम नाम दिएर नमूना गाउँ बनाउने अभियान सुरु भएको हो । प्रतिष्ठनले मदन भण्डारी रहनु भएको घरजग्गा स्वमित्वमा लिई त्यसलाई संरक्षणसँगै विकास गर्न लागेका प्रतिष्ठानका अध्यक्ष गुरु वरालले जानकारी दिए ।
२०३२ सालदेखि वसोवास रहेको इटहरा ८ को जननेता भण्डारीको गाउँसँगै भण्डारीको घरलाई ‘मदन नमूना संग्रहालय’ बनाउने तयारी गरिएकोे पनि बरालले जानकारी दिए ।
उनका अनुसार जननेता भण्डारी बसेको घरलाई संरक्षण गरेर भण्डारीका बारेमा अध्यन/अध्यपान गर्ने थलोको रुपमा विकास गरिने छ । मदन ग्रामका लागि भण्डारीले घरमा प्रयोग भएका ५ सय ३२ वटा सामानको सूची बनाएर संकलन गरिएको छ ।
केही सयम अघिमात्र इटहरास्थित मदन भण्डारीको घर र सो क्षेत्रको अवस्थाका वारेमा राष्ट्रिपति विध्यादेवी भण्डारीले अवलोकन गरेकी थिइन् ।
व्यtmिगत सम्पत्तिभन्दा सार्वजनिक सम्पत्ति हुँदा यसको दिगो संरक्षण भन्दे प्रतिष्ठानलाई भण्डारी परिवारले घरजग्गा हस्तान्तरण गरेको थियो ।
मदन भण्डारीका काइला भाइ प्रेम भण्डारीका अनुसार इटहरामा रहेको हालको घरमा भण्डारी परिवार २०३२ सालमा वसाई सरी आएका हुन ।
भण्डारीसँग विवाह गरेपछि केही समय अहिलेकी राष्ट्रपति विध्यादेवी भण्डारी पनि सोही घरमा वसेकी थिइन् ।
भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि सबै भण्डारीको परिवार वसाई सरेर हिंडेपछि उक्त घर संरक्षणको अभाव जीर्ण बनेको छ ।
प्रतिष्ठानले २०५९ साल फागुन महिनाबाट घरजग्गा संरक्षणका लागि घनश्याम भण्डारीको परिवालाई रेखदेखको जिम्मा दिएको छ ।
प्रतिक्रिया 4