सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम

krishi-yantra
२७ पुस,वीरगन्ज। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा जिल्लाका चारवटा गाविस विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटारमा सञ्चालन भएको छ ।

कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप सञ्चालित सो परिरयोजनाअन्तर्गत पहिलो चरणमा पाँचसय हेक्टर क्षेत्रफललाई लक्षित गरी कार्यक्रम सञ्चालन भएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले बताए।

सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सरकारी खेतीलाई लक्षित गरी सरकारले पचासी प्रतिशत अनुदान दिनेछन् भने १५ प्रतिशत लगानी सरकारी खेती गर्ने समूहगत किसानले आफैँ बेहोर्नेछन् ।

सो कार्यक्रमको मंगलबार वीरगन्जमा उद्घाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई आत्मनिर्भर बनाई आर्थिकरुपमा सबल बनाउने भएकोले बढीभन्दा बढी किसानले यसको फाइदा लिनुपर्ने बताए ।

सो कार्यक्रमको अध्यक्षता जिविस पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले गरे ।

२०७३ पुष २७ गते ११:२० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this