२७ पुस, परासी । नवलपरासीको बेनिमणिपुर गाविस सर्दीमा विविध सांस्कृतिक मेला हुने भएको छ ।
स्थानीय जिमी नेवा: गुठीको आयोजनामा पुस २९ र माघ १ गते सर्दी एकेडेमीको प्राङ्गणमा मेला हुन लागेको हो । नेवा गुठी भवन, मन्दिर तथा खेल मैदान निर्माण सहयोगार्थ मेला आयोजना गर्न लागिएको जिमी नेवा: गुठीका अध्यक्ष नन्दु श्रेष्ठले जानकारी दिए ।
मेलाको अवसरमा हुने मनोरञ्जनात्मक कार्यक्रममा हास्य कलाकार जोडी जिग्री र पाँडेका साथै ज्योति मगर, राज सिग्देल, रमित ढुंगाना, कमल विरही लगायत गायक–गायिका, मोडेल र डान्सरको प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रममा स्थानीय कलाकारले पनि सांस्कृतिक प्रस्तुति पस्कनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4