Comments Add Comment

मकाउमा बस्ने नेपालीले मनाए पृथ्वी जयन्ती

makau-prithvi-jayanti

मकाउ । चीनको मकाउमा रहेका नेपालीले बुधबार पृथ्वीजयन्ती मनाएका छन् । राप्रपाको भातृ संस्था प्रवासी नेपाली एकता समाज मकाउको आयोजनामा पृथ्वीजयन्ती मनाइएको हो ।

स्थानीय फिसर म्यानस्थित एक रेष्टुरेण्टमा आयोजित कार्यक्रमका सहभागीले पृथ्वीनारायणको शालीकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रमका संयोजक एवं समाजका तदर्थ समिति सचिव पदमसिंह पन्तले राष्ट्र निर्माताको योगदानलाई सरकारले अबमूल्यन गरिरहका बेला आफूहरुले विदेशमै भए पनि स्मरण गरेको बताए ।

कार्यक्रममा गैरआवासी नेपाली संघ (एनआरएनए)मकाउका अध्यक्ष मुकेशकुमार बरुवाल प्रमुख अतिथि थिए ।

यस्तै कार्यक्रममा नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ, प्रवासी मञ्चका अध्यक्ष हर्कबहादुर कुवर, पश्चिमेली समाज मकाउका उपाध्यक्ष निरञ्जन खड्का लगायतको सहभागिता थियो ।

कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता समाज मकाउका अध्यक्ष शिवशंकर चौधरीले गरेका थिए भने सचिव पदमसिंह पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment