Comments Add Comment

बिहिबार नै रिलिज भए ३ नेपाली चलचित्र

three-movie
शुक्रबार चलचित्र रिलिज हुने नियमलाई तोड्दै बिहिबारबाट नै ३ नेपाली चलचित्र रिलिज भएका छन् । आजबाट प्रतिक्षित ३ चलचित्र रिलिज भएपछि, सिंगो चलचित्र क्षेत्र नै यतिबेला कसको व्यापार कति हुन्छ भन्ने पर्खाइमा छ ।

आजबाट चलचित्र ‘लभ सासा, किङ्ग र शब्द’ रिलिज भएका छन् । प्रचण्डमान श्रेष्ठको निर्देशनमा तयार भएको ‘लभ सासा’ लभ स्टोरी चलचित्र हो । जसमा कर्मा, आशिफ शाह र केकी अधिकारी मुख्य भूमिकामा छन् ।

चलचित्र ‘शब्द’मा सौगात मल्ल र कमली वाइवाको मुख्य भूमिका छ । सन्तोष सिवाकोटीले यो चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्र ‘किङ्ग’मा निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाहीको मुख्य भूमिका छ । जयन श्रेष्ठको निर्माणमा तयार भएको चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

पौष महिनामा प्रदर्शनमा आएका कुनै पनि चलचित्रले गतिलो व्यापार नगरिरहेको समयमा यी ३ चलचित्रमा सबैको आँखा लागेको छ । चलचित्र क्षेत्रका चर्चित कलाकारको चलचित्र एकसाथ रिलिज हुँदा, सबैलाई घाटा लाग्ने त निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment