+
+

नेपाल राजनीतिक संक्रमणको अन्त्यतिरः प्रधानमन्त्री

'प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ'

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते १३:२६

prachand-and-press-council
२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको बताएका छन् । नेपाल, भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँग बिहीबार बिहान भएको सामूहिक भेटमा प्रचण्डले सो धारणा राखेका हुन् ।

नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका रहेको भन्दै उनले प्रेस जगत लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको छ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका छ । प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन सम्भव पनि थिएन । हामीले नयाँ संविधान निर्माण गरेका छौं, संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट छ ।’

२१ औं शताब्दी सूचना प्रविधिको युग भएको भन्दै उनले यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने प्रयास गरेको भन्दै प्रेस काउन्सीलको प्रतिनिधिहरुको प्रशंशा गरे । ‘नेपाल सरकार त्यसका लागि हातेमालो गर्न तयार छ,’ उनले भने ।

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायत थिए ।

तस्वीर: प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?