Comments Add Comment

सातामा २५ अंक बढेर १४७९ मा बन्द भयो नेप्से, पुनः प्रतिरोधको संघारमा

chart-9
२८ पुस, काठमाडौं । साताभरमा नेप्से परिसूचकले २५ अंक जोड्दै बजार बन्द भएको छ । गत विहीबार १४५४ मा रहेको नेप्से साताको अन्तिम दिन बिहीबार १४७९ बिन्दुमा आएर बजार बन्द भएको हो । अन्तिम दिन विहीबार भने नेप्से ३.३५ अंकले बढेको थियो ।

सातागत आधारमा बजारमा कारोबार रकम पनि १९.७४ प्रतिशतले घटेको छ । गत साता २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा यससाताभरमा मात्रै १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।

साताभरमा बढ्दो प्रवृत्तीमा देखिएको नेप्से प्रतिरोध परिक्षणमा रहेको छ । नेप्सेले १४८० को आसपासमा निकै लामो समयदेखि प्रतिरोध परिक्षण गरिरहेको रेखाचित्रले देखाउँछ । कारोबार रकममा आएको कमिले पनि लगानीकर्ता अझै ‘पर्ख र हेर’ कै अवस्थामा रहेको संकेत गर्छ ।

सातामा ३ दिन निरन्तर बजार बढेपनि कारोबार रकममा भने वृद्धि देखिएको छैन् । २६ करोडबाट बढेर मंगलवार दैनिक कारोबार ३७ करोड रुपैयाँ पुगेपनि त्यसयता भने यो रकम घटिरहेको छ । बुधवार ३६ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

बिहीबार खानीखोला हाइड्रो, ग्रिन डेभलपमेन्ट र लक्ष्मी बैंकको सेयर मूल्य ८ देखि ९ प्रतिशतसम्म वृद्धि भयो । यसैसाताबाट कारोबार सुरु भएको खानी खोलाको सेयर मूल्य बढ्दो क्रममा छ । लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयरको घोषणा गरेकोले पनि मूल्य बढिरहेको हो ।

untitled

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment