Comments Add Comment

अर्घाखाँची महोत्सवमा ढुंगामुढा, ऊर्जामन्त्रीलाई प्रहरीले जोगायो

भाषणै नगरी फर्किए ऊर्जामन्त्री, दुई घाइते

arghakhachi-tanab-1

२८ पुस, अर्घाखाँची । सन्धीखर्कमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ ।

कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेका थिए ।

ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।

भाषणै नगरी फर्किए ऊर्जामन्त्री, दुई घाइते

अर्घाखाँची जिल्लामा बिहीबारदेखि अर्घाखाँची महोत्सव सुरु गरिएको थियो । तर, उदघाटन समारोह भइरहेको मञ्चमै ढुंगा बर्सिएपछि ऊर्जामन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले ‘देश टुक्रिन भएन, ५ नम्बर प्रदेश टुक्रिँदैमा देश टुक्रिँदैन’ भनेपछि युवाहरुले ढुगांमुढा गरेका हुन् ।

arghakhachi-tanab-2

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धीखर्क आएका ऊर्जामन्त्रीले महोत्सवमा मन्तव्य राख्न पाएनन् । उनी त्यसै फर्किए । स्थानीयको ढुंगामुढा र चर्का नारावाजीपछि कार्यक्रम वीचैमा स्थगित भएको छ ।

स्थानीयको नाराबाजी र ढुंगामुढा पछि ऊर्जामन्त्री शर्मालाई प्रहरीले स्कर्टिंग गरेर कार्यक्रम स्थलबाट बाहिर लगेको थियो ।

माओवादी नेता डिलाराम आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको र आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लाबासीहरुसँग माफी मागेपछि भीड नियन्त्रणमा आएको छ ।

तर, ढुंगा बर्सिएपछि दुईजना सर्बसाधारण घाइते भएका छन् । डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

जिल्लाको पर्यटन, व्यापार र संस्कृति प्रवर्द्धनका लागि आयोजना गरिएको महोत्सव चर्को राजनीतिक ध्रुवीकरणको कोपभाजनमा परेको छ ।

विहीबार बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले ५ नम्बर प्रदेशका अर्घाखाँचीबासीहरु सुरुङमार्गबाट प्रदेशको राजधानी पोखरा जाने अभिव्यक्ति दिएका थिए ।

हेर्नुहाेस् सहयोगी बिसीको फेसबुकबाट लिइएको झडपको भिडियो

-घनश्याम पाैडेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment