+
+
Shares

माओवादी कम्युनिष्ट पार्टी होइनः केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते १८:१२

kp-oli

२८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएकोे आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले माओवादी कम्युनिष्ट पार्टी भए आफू कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे । उनले कम्युनिष्ट पार्टी शिष्ट, समर्पित, देश र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै माओवादीमा ती कुनै गुण नभएको दावी गरे ।

बिहीबार साहित्यकार प्रदीप नेपालको ‘आमाको मन’ कृतिको बिमोचन गर्दै अध्यक्ष ओलीले माओवादीले देश र जनताको हितमा समर्पित भएर राजनीति नगरेको आरोप लगाए ।

अध्यक्ष ओलीले राष्ट्रको हित विपरित गएर आफू कसैसँग नझुकेको दावी गर्दै राष्ट्रिय एकता र स्वाभिमानको पक्षमा उभिएकै कारण सरकार छोड्नुपरेको बताए ।

वर्तमान सरकारप्रति इंगित गर्दै ओलीले कठपुतलीहरुको आगमन, आफ्नो राष्ट्र र जनताप्रतिको निष्ठाकै प्रतिफल भएको पनि उल्लेख गरे ।

फरक प्रशंगमा अध्यक्ष ओलीले विगतमा एकतन्त्रीय शासन चलाएकाहरुले बहुदलीय व्यवस्थाको बिरोध गर्नुको अर्थ नरहेको बताए ।

एमाले नेता तथा साहित्यकार प्रदीप नेपालले विगतमा आफ्नो राजनीतिक अभियानका क्रममा भोगेका भोगाइलाई ‘आमाको मन’ मार्फत प्रस्तुत गरेका छन् । उनले राजनीतिक र सांस्कृतिक परिवर्तनका नाममा समाजमा देखिएका बेथितिहरुलाई समेत उपन्यासमा समेटेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?