Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ १ हजार २ सय ९० रुपैयाँमा

capture

२९ पुस, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रिमियम मूल्य सहित १ हजार २ सय ९० रुपैयाँ नयाँ सेयर (एफपिओ) जारी गर्ने भएको छ । बैंकले १ हजार १ सय ९० रुपैयाँ प्रिमियम तोक्न लागेको हो । यो निर्णय राष्ट्र बैंक र धितोपत्र बोर्डबाट स्वीकृत हुन भने बाँकी छ ।

बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर जारी गर्ने योजना बनाएको हो ।  बैंकको अहिले दुई अर्ब ८१ करोड रुपैयाँ पूँजी छ। बैंकले १ सयको दरमा उठ्ने २५ करोड ५८ हजार चुक्ता पुँजीमा र बाँकी ३ अर्ब ४ करोड रुपैयाँ सञ्चितीमा राख्नु पर्ने हुन्छ । बैंकले बजारबाट ३ अर्ब ३० करोड उठाउन यो सेयर जारी गरेको उल्लेख गरेको छ । बैंकले प्रिमियम वापतको रकम पनि बोनस दिएर चुक्तापुँजी वृद्धिमा प्रयोग गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment