Comments Add Comment

बीमा अभिकर्ताको कमिसन ६ बाट बढेर पुनः १२ प्रतिशत कायम

एक महिनापछि नयाँ व्यवस्था गर्ने

commission-chain-2
२९ पुस, काठमाडौं । बीमा क्षेत्रमा दशकौंदेखि चलिरहेको कमिशनको जालो तोडिने देखेर ६ महिनाभन्दा अगाडीदेखि आन्दोलनरत अभिकर्ताहरुले निर्णय आफ्नो कोर्टमा आएपछि आन्दोलन टुङ्ग्याएका छन् । बीमा समिति र अभिकर्ताहरुबीच बिहीबार साँझसम्म भएको छलफलपछि समिति पुनः कमिसन दर वृद्धि गर्न सहमत भएका हुन् ।

अभिकर्ताहरुको आन्दोलनपछि बीमा समिति एक कदम पछि हटेको छ । ‘जीवन बीमाको प्रथम बीमा शुल्कको ६ प्रतिशत मात्र कमिशन अभिकर्ताले पाउँन सक्ने व्यवस्था हाललाई स्थगित गरेका हौं,’ बीमा समितिका निर्देशक राजु रमण पौडेलले भने । उनका अनुसार अहिलेलाई अभिकर्ताले यस्तो शुल्कमा १२ प्रतिशतसम्म कमिशन प्राप्त गर्न सक्ने छन् ।

तर यो व्यवस्था केही समयलाई मात्र रहने समितिको भनाई छ । बीमा समिति, बीमा कम्पनी र अभिकर्ताहरुको प्रतिनिधी सहितको टोली एक महिनाभित्र गठन गर्ने र दिर्घकालिन व्यवस्था गरिने गरी छलफल टुंगिएको पौडेलले जानकारी दिए ।

हाल सञ्चालनमा रहेका ९ कम्पनीहरुको कुल खर्चको १५ प्रतिशतसम्म खर्च अभिकर्ताहरुको लागि गरिएको पाइएको छ । १२ प्रतिशतभन्दा बढि कमिशन दिनपरेमा कम्पनीहरु आफैले मिलाउन पर्ने तर प्रथम शुल्क र अभिकर्ता अन्य खर्च शिर्षकबाट योभन्दा धेरै रकम दिन नपाइने समितिले उल्लेख गरेको छ ।
विशेष गरी जीवन बीमा कम्पनीमा ३ तहको अभिकर्ता रहेको पाइन्छ । अभिकर्ताभन्दा ठुलो युनिट म्यानेजर र उभन्दा पनि ठुलो एजेन्सी म्यानेजर । नयाँ बीमा पोलीसीमा पाइने कमिसन आयको निश्चित हिस्सा यो तीन तहका कर्मचारीबीच नेटवर्किङको रुपमा बाँडफाँट हुँदै आएको छ । अभिकर्ताले ल्याउने नयाँ बीमा पोलिसिबाट उसले प्राप्त गर्ने कमिसनको चार प्रतिशत रकम युनिट म्यानेजरले स्वतः प्राप्त गर्छ । त्यस्तै, अभिकर्ता हुँदै युनिट म्यानेजरमा आउँने सो रकमको पनि चार प्रतिशत एजेन्सी म्यानेजरले स्वतः पाउँछ ।

बीमा अभिकर्तामा एजेन्सी म्यानेजरको रुपमा रहेका अभिकर्ताले कम्पनीहरुबाट बाइक, कार समेत उपहार प्राप्त गर्ने गरेका छन् । यस्ता म्यानेजरको बार्षिक कमाई ३ करोडसम्म हुने गरेको स्रोतहर बताउँछन् । यो तलब भनेको बीमा कम्पनीको प्रमुख मात्र नभएर वाणिज्य बैंकहरुका प्रमुखहरुले पाउँदै आएको तलबभन्दा पनि धेरै हो । यस्तो सञ्जालले खर्च बढाएको देखिएपछि सञ्जालको स्वरुप स्वीकार नगरेको बताएपनि समितिले यसलाई तोड्ने प्रयास गरेको थियो ।
यो पनि : 

बीमा कम्पनीमा १५ वर्ष चलेको ‘कमिशनको जालो’ तोडिँदै 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment