Comments Add Comment

तीन बर्षमा अख्तियारको क्षेत्रीय कार्यालयमा करिव ४ हजार उजुरी

akhtiyar-purbanchal

२९ पुस, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय स्थापनाको तीन बर्षमा जम्मा ३ हजार ८ सय ९५ वटा उजुरी परेका छन् ।

अयोगको क्षेत्रीय कार्यालय इटहरी र धनकुटामा सम्पर्क कार्यालय स्थापना गरिएको थियो । आयोगको इटहरीस्थित कार्यालयका अनुसार स्थापनाकालको शुरुवात ०७०/०७१ म्ा १ हजार ३ सय ३२, ०७१/०७२ मा १ हजा ५ सय ६७ र ०७२/०७३ को हालसम्म ९ सय ७६ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।

शिक्षा क्षेत्र सम्वन्धीको उजुरी उच्च

आयोगको इटहरी कार्यालयका शाखा अधिकृत निलकण्ठ विश्वकर्माका अनुसार इटहरी र धनकुटा कार्यालयमा स्थापनायता परेका उजुरी अन्तर्गत मन्त्रालयगतमा सवै भन्दावढी शिक्षा क्षेत्रको रहेको छ ।

स्थापनाको तीन वर्षको अवधीलाई कुल ३ हजार ८ सय ९५ उजुरी मध्ये १ हजार २ सय ३५ वटा उजुरी शिक्षा सम्वन्धी क्षेत्र अन्तर्गतका रहेका छन् । यो संख्या प्रत्येक वर्ष वढ्ने क्रममा रहेको पनि कार्यालयले जनाएको छ ।

आयोगको इटहरीस्थित कार्यालयका अनुसार संघीय मामिला सम्वन्धीको उजुरी दोश्रो स्थानमा छ । तीन वर्षको अवधिमा संघीय मामिला सम्वन्धी ९ सय १७ वटा उजुरी परेका छन् ।

दुवै कार्यालयमा गरी सवैभन्दा कम उजुरी सञ्चार सम्वन्धी रहेको छ । संचार सम्वन्धी तीन वर्षको अवधीमा २० वटा उजुरी परेको छ ।

उजुरी फर्स्याैटको अवस्था सुस्त

धनकुटा र इटहरीमा आयोगको कार्यालय स्थापना आएसँगै भष्ट्रचार र अनियमितितासँग जोडिएको उजुरीको चाङ वढेपनि तुलान्तमक रुपमा मुद्धा फर्स्याैटको अवस्था भने सुस्त रहने गरेको छ ।

आयोगले तयार पारेको प्रतिवेदनमा तीन वर्षको अवधिमा परेका ३ हजार ८ सय ९५ कुल उजुरी मध्ये ३ हजार ४ सय ५१ वटा उजुरी फर्स्याैट भएका छन् ।

अहिले कार्यालयमा परेको उजुरी मध्येका ४ सय ५४ उजुरी फर्स्याैट हुन वाँकी छ ।

सुनसरी जिल्लाबाट सवैभन्दा वढी उजुरी

सुनसरीमा पुर्वी नेपालकै सवैभन्दा वढी उजुरी आयोगको कार्यालयमा परेको छ । सुनसरीबाट ७ सय ७४ उजुरी परेको कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कार्यालय प्रमुख भट्टराईका अनुसार तीन वर्षको अवधीमा पहिलो वर्ष १ सय ८७, दोश्रो वर्ष ३ सय ४० र चालु आर्थिक वर्षको हालसम्म २ सय २७ उजुरी परेको छ ।
आयोगको सम्पर्क कार्यालय इटहरीका प्रमुख भट्टराईका अनुसार अघिल्लो वर्ष सवै भन्दा अगाडी सप्तरी जिल्ला उजुरी पर्ने जिल्लाको रुपमा रहेको थियो । तर चालु आर्थिक वर्षमा सप्तरी जिललालाई पछि पार्दै सुनसरी अगाडी आएको हो । सप्तरी जिल्लावाट अहिले तिन वर्षको अवधिमा ७ सय ३ वटा उजुरी आयोगको कार्यलयमा परेको छ ।

वेनामका उजुरी बढी

भ्रष्ट्रचार निवारणका लागि खोलिएको आयोगको इटहरी तथा धनकुटा कार्यालयमा धेरैजसो वेनामको उजुरी पर्ने गरेको पाइएको छ ।

कार्यालयका अनुसार पुर्वी नेपालको १६ वटा जिल्लामा हुने गरेका भ्रष्ट्रचार, अनियमितताका छानवीनका लागि परेका उजुरीमा सवैभन्दा बढी वेनामका हुने गरेका छन् । आयोगको सम्पर्क कार्यालय इटहरीका प्रमुख भट्टराईका अनुसार स्थापनादेखि हालसम्म १ हजार ५ सय ५३ वटा वेनामका उजुरी परेका छन् ।

कुल जनशक्तिको करिब २० प्रतिशत प्रहरी जनशक्ति क्रियाशील आयोगमा हाल ८२० कर्मचारी छन् । संवैधानिक अङ्गका रुपमा व्यवस्था भई केन्द्रीय कार्यालय काठमाडौंमा रहेको आयोगको विकास अवधारणाअनुसार पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय छन् ।

यसैगरी पूर्वाञ्चलको इटहरी एव सम्पर्क कार्यालय धनकुटा मध्यमाञ्चलको बर्दिबास, पश्चिमाञ्चलको बुटवल, मध्यपश्चिमाञ्चलको कोहलपुर र सुदूरपश्चिमाञ्चलको भीमदत्तनगर, कञ्चनपुरमा आयोगको क्षेत्रीय कार्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment