+
+
Shares

कदीको स्मृतिमा काव्य गोष्ठी

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २९ गते १८:५९

काठमाडौं । दिवंगत साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा शुक्रबार राजधानीमा काव्य गोष्ठी गरिएको छ ।

kamal-mani-dixitनेपाल सांस्कृतिक संघ र कोठे कवि गोष्ठीले डिल्लीबजारमा संयुक्त रुपमा कवि गोष्ठी आयोजना गरेका हुन् । दिवंगत स्रष्टा दीक्षितप्रति कविहरुले आफ्नो सिर्जना मार्फत श्रद्धाञ्जली अर्पण गरेका थिए ।

काव्य गोष्ठीमा भुवनहरि सिग्देल, प्रभा भट्टराई, रमा शर्मा, रमेश खकुरेल, रवि प्राञ्जल, प्रह्लाद पोख्रेल, अनुराधा थापा,  टीकाराम अधिकारी लगायत सर्जकले कविता वाचन गरेका थिए ।

नेपाल सांस्कृतिक संघका अध्यक्ष गोविन्देव पन्तको अध्यक्षता तथा साहित्यकार गोपीकृष्ण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली भाषा तथा साहित्यका धरोहर दीक्षितको गत पुस १४ गते ललितपुरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?