Comments Add Comment

विमान अवतरण गर्दैगर्दा धावनमार्गमा कुकुरको हुल देखिएपछि …

Air-Asia

२ माघ, काठमाडौं । आइतबार दिउँसो साढे २ बजे मलेसियाबाट आएको एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग नजिकैबाट ओभर सुट गरिएको छ । धावनमार्गमा एकैसाथ तीनवटा कुकुर देखापरेपछि अवतरणका लागि कोटेश्वरबाट आइसकेको विमानलाई ओभरसुट गराइएको हो ।

एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउँमै कुकुरहरु देखिएपछि ओभरसुट गराउनु परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।

‘सम्भावित दुर्घटनालाई ध्यानमा राखेर विमानलाई फेरि उचाइमा पठाएका हौं,’ ठाकुरले भने । उनले कुकुरहरुलाई शिकारीमार्फत ब्यवस्थापन गरिसकिएको बताए ।

अहिले विमानस्थल सुचारु छ । विमानस्थल प्रशासनले कुकुरहरु कसरी धावनमार्गसम्म आइपुगे भन्ने निरीक्षण गर्न शिकारीहरुलाई खटाएको छ ।

धावनमार्गमा चराहरुले पनि समय-समयमा उडान-अवतरणमा बाधा पुर्‍याउँछन् । त्यसको नियन्त्रणका लागि अझै आधुनिक प्रविधि प्रयोग गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment