Comments Add Comment

मिलनको बेलायत डायरीः’मलाई आमा र भाउजुले दिने माया मिल्यो’

milan-amatya

सांगीतिक कार्यक्रमका लागि गायिका मिलन आमात्य थुप्रै देशमा पुगिसकेकी छिन् । उनै मिलन केहि समय अगाडि बेलायत पुगिन् । उनले बेलायतको संझना अनलाइनखबरसँग यसरि गरिन्:

सांगीतिक कार्यक्रमका लागि अन्य थुप्रै मुलुक गएपनि बेलायत भ्रमण मेरा लागि पहिलो थियो । बेलायतमा रहेका नेपाली समाजवारे जानकारी भने लिएको थिएँ । तर, पनि कहिल्यै नगएको ठाउँ कस्तो होला भन्ने लागिरह्यो ।

तमोधी युकेको आयोजनामा च्छो ल्होसारको अवसरमा भएको कार्यक्रममा गीत गाउनका लागि गएको थिएँ । एअरपोर्टमा पुग्ने बित्तिकै तमोधीकै दाइहरु निवर्तमान अध्यक्ष ज्ञान गुरुङ, कल्चर सेक्रेटरी कृष्ण गुरुङ लगायतसँग भेट भयो । तमोधीका अरु पनि दाइहरु आउनु भएको थियो । उहाँहरुसँगको पहिलो भेट निकै अविस्मरणीय भयो ।

३० फष्टमा पहिलो कार्यक्रम थियो । निकै भब्य भयो । बेलायतका दर्शकका विचमा पहिलो पटक गाएकी थिएँ मैले । दर्शकको उपस्थिती निकै भब्य थियो । गीत सुनेर मनोरञ्जन लिएका दर्शकको भावभंगी देख्दा मख्ख परेँ । मलाई लाग्यो मैले गाएको गीत सुनेर दर्शकहरुले पुरापुर मनोरञ्जन लिनु भएको छ ।

मसँगै मनोज गुरुङ दाई पनि हुनुहुन्थ्यो । उहाँ स्पेशल गुरुङ गीत गाउनका लागि जानु भएको थियो । तमुधीकै दाईहरुको आग्रहमा मैले पनि गुरुङ गीत गाएँ ।

तिम्रो गीतले जुरुक्कै पार्‍यो
मैले बेलायतका विभिन्न चार स्थानमा गीत गाएँ । हरेक ठाउँको कार्यक्रम निकै भब्य भयो । संस्कृतविद् जगमान गुरुङ भेटिनु भयो । उहाँले मलाई कार्यक्रम सकिएपछि भन्नु भयो- ‘तिम्रो गीतले मलाई त जुरुक्कै पार्‍यो, ननाची बस्न सकिनँ । मैले त्यस्ता धेरै दर्शक देखेँ, उहाँहरु कार्यक्रममा आ-आफ्नै सिटवाट उठेर नाँचिरहनु भएको थियो ।

आमा र भाउजुले जस्तै माया
कार्यक्रममा मैले नयाँ एल्बम ‘मिलन संजोग’को फरिया चौबन्दी, के सम्झयौ लगायतका गीत गाएँ । ‘कुरा खाँट्टी हा, स्लोली स्लोली, गाला रातै’ लगायत अरु थुप्रै गीत गाएँ । कार्यक्रममा टिनएजदेखि बृद्ध बा आमाहरु समेत सहभागी हुनुहुन्थ्यो । उहाँहरु सबैले मनोरञ्जन लिएको अनुभुति गरेँ । कार्यक्रम सकिएपछि धेरैले भन्नु भएको थियो-‘तिम्रो गीत सुनेपछि नेपालै पुगे जस्तो लाग्यो ।’

मलाई पनि केहि कार्यक्रममा गीत गाउन आग्रह गर्नु भएको थियो । समय भएको भए मेरा अरु केहि थप शो हुने थियो । तर, मैले बैंककको कार्यक्रमको पहिल्यै सम्झौता गरेकाले काठमाडौं आएँ । लगत्तै कार्यक्रमका लागि बैंकक गए । केहि दिनपछि भारत जानु छ भने अन्य मुलुकवाट पनि कार्यक्रमको प्रस्ताव आईरहेको छ ।

अहिले पनि मलाई युकेमा बस्नुहुने नेपाली भाषीको झल्झली याद आईरहेको छ । उहाँहरुले मलाई आमा र भाउजुले गर्ने जस्तै माया गर्नु भयो । युकेमा बस्नुहुने हरेक नेपाली मलाई मेरो दाई, भाउजु र आमा जस्तै लाग्यो । उहाँहरुले एउटा छोरीलाई दिने स्नेह दिनु भयो, म कहिल्यै बिर्सन सक्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment