Comments Add Comment

स्वामी ओम भन्छन्ः सलमान खानलाई एड्स छ, त्यसैले बिहे गरेनन्

salman-swami-om-ji

बिग बोशबाट निकालिएका विवादास्पद पात्र स्वामी ओमले अभिनेता सलमान खानमाथि गम्भीर आरोप लगाएका छन् । हालै आयोजित एक पत्रकार सम्मेलनमा उनले सलमानलाई एड्स लागेको र यही कारणले उनले बिहे नगरेको दावी गरे ।

स्वामीले सलमानविरुद्ध बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले यो पनि भनेका छन् कि सलमानको लन्डनमा एक श्रीमती र छोरी छन् जुन कुरा उनले सबैसँग लुकाएका छन् ।

विग बोसविरुद्ध पनि स्वामी ओमले आक्रोश पोखे । उनले विग बोसको घरमा आक्रमण गरेर आगो लगाइदिने धम्कीसमेत दिए । उनले २७ जनवरीमा सलमानको विरुद्ध जुलुस निकाल्ने बताए ।

थुप्रै विवादास्पद अभिव्यक्ति र क्रियाकलापका कारणले स्वामी ओम विग बोसबाट निकालिएका थिए । बिग बोशका सबै सहभागीसँग उनको झगडा परेको थियो । स्वामीले धेरै बोले भनेर दुई हप्ताअगाडि बिग बोसमा सलमानले उनको मुखमा कपडा कोचिदिएका थिए । शोबाट निकालिए पनि उनको बोली बन्द भएको छैन ।

भारतीय सञ्चारमाध्यमले उनका अभिव्यक्तिलाई महत्व दिइरहेका छन् । एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै उनले सलमान आइएसआइको एजेन्ट भएको आरोप पनि लगाएका थिए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment