Comments Add Comment

ब्रा खरिद गर्दा युवतीले गर्ने ८ गल्ती

bawaयुवतीहरु आफ्ना आउटफिट्स छनौटमा निकै चुजी हुन्छन् । तर, जतिसुकै फिटिङ्स आउटफिट प्रयोग गरेपनि शरीर सुहाउँदिलो हुदैन । किन ?

यसमा अक्सर उनीहरुले एउटै गल्ती गरिरहेका हुन्छन्, इनरवेयर । कमसल वा शरीरसँग असुहाउँदो इनर वेयर लगाएपछि जस्तोसुकै आउटफिट पनि प्रफेट देखिदैन ।

खासगरी युवतीहरु ब्रा खरिद गर्दा यस्तो गल्ती गरिरहेका हुन्छन् । ब्राकै कारण उनीहरुको छातीको सेप पनि मिल्दैन ।

१. कप साइज अनुसार ब्रा खरिद – युवतीहरु कपको साइज अनुसार ब्रा खरिद गरिरहेका हुन्छन् । जबकी कपको साइज बदलिरहन्छ । हरेक कम्पनी अनुसार साइज अलग-अलग हुन्छ । त्यसैले ब्रा खरिद गर्दा फिटिङ बदलिन्छ ।

२. साइजभन्दा सानो ब्रा पहिरिनु- कसिलो ब्रा पहिरिनु वा एकै साइजको ब्रा लामो समयसम्म लगाउनु पनि ठूलो गल्ती हो । यसले कपडाको फिटिङ्समा त असर गर्छ नै, स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । त्यसैले ब्रा खरिद गर्दा सहि साइज नै छनौट गर्नुपर्छ ।

३. ब्रालाई कसिलोगरी बाँध्नु- युवतीहरु ब्रालाई कसिलोगरी बाँध्छन् । यसले छालामा रातो दाग पर्ने र सुतेको समयमा असहज हुन्छ ।

४. स्टाइलको चक्कर- अक्सर युवती स्टाइलिस ब्राको चक्करमा परेर आफ्नो स्वास्थ्यलाई नोक्सान पुर्‍याइरहेका हुन्छन् । कटनको ब्रा लगाउनाले आरमदायक हुन्छ र फिटिङ पनि हुन्छ ।

५. सवै पहिरनमा एकैखाले ब्रा- सवै किसिमको पहिरनमा एकनासे ब्रा लगाउनु पनि सहि होइन । टिसर्ट, ब्लाउज, लो डीप नेकसँग भिन्न भिन्नैखाले ब्रा प्रयोग गर्नुपर्छ ।

६. दिनरात ब्रा लगाउनु- कति युवती हरदिन र राती पनि ब्रा लगाइरहेका हुन्छन् । रातको समयमा ब्रा लगाउनु स्वास्थ्यका लागि हानिकार हुने चिकित्सकको भनाई छ ।

७. कपडामा कन्डिसनर प्रयोग- कतिपय युवती ब्रा धोइसकेपछि कन्डिसनरको प्रयोग गर्छन् । यसले छालामा एलर्जीको खतरा बढाउँछ ।

८. कमसल गुणस्तर- सस्तोको चक्करमा फसेर कतिले कमसल ब्रा खरिद गर्छन् । यस्तो ब्रा फिटिङ्स हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment