Comments Add Comment

नाङ्गो साबुनमा यसरी ठगिँदैछन् उपभोक्ता

sabun-shop-nanggo
९ माघ, काठमाडौं । पसलहरुमा आजभोलि साबुन किन्न जाँदा पसलेले नांगो साबुन नै थमाउने प्रचलन यत्रतत्र छ । उपभोक्ताले पनि यसको विकल्प खोज्दैनन् ।

बजारमा अहिले धोनी, त्रिशक्ति, पुजा गोल्ड, क्वालिटी, लायन, अमृत गोल्ड, एरियल, दियो प्यो, गोल्ड दियो, फिँज, गोल्ड पूजा, पि्रन्स, सचिन, भी सिरिज लगायतका नाममा दर्जनभन्दा बढी साबुन भेन्टिछन् ।

यस्ता साबुन स्वास्थ्यका दृष्टीले मात्रै हैन, विश्वशनीयताको दृष्टीले पनि कमजोर भएको उपभोक्ता अधिकारकर्मी बाबुराम हुमागाँई बताउँछन् ।

‘यस्ता साबुनमा उपभोक्ता नराम्रोसँग ठगिए । कुनै वैज्ञानिक मापदण्ड नै पुरा नगरी उत्पादन गरिएका साबुनको विक्री वितरण समेत मनलाग्दी तवरले भयो’ हुमागाँई भन्छन्-‘सरकारले उत्पादनको मापदण्ड नै नबनाएकाले यो समस्या आएको हो ।’

उनी साबुनको बजार मूल्य पनि पछिल्लो समयमा अस्वभाविक रुपमा बढिरहेको बताउँछन् ।

बजारमा पाइने एकैप्रकारका साबुनमा तौल र मूल्यबीच अचम्मैको अन्तर छ । अस्वस्थ प्रतिस्पर्धाकै कारण गुणस्तरहीन प्रविधि तवरले उत्पादन गरेर उपभोक्ता झुक्याउने काम भइरहेको छ ।

बजारमा भेटिने यस्ता साबुन कति तौलका हुन् भन्ने नामोनिशान हुँदैन । उपभोक्ताले तौलका आधारमा नभइ मूल्यका सोधेर साबुन किन्छन् ।

जस्तोः ‘मलाई २० रुपैयाँको साबुन दिनुस्’ भन्ने प्रचलनबाटै प्रष्ट हुन्छ कि उपभोक्तालाई कसरी तौल जान्ने अधिकारबाट बञ्चित गरिएको छ । यस्ता साबुनहरुमा लेबल नै लगाइएको हुँदैन ।

औद्योगिक उत्पादनहरुमा उत्पादन मिति, उपभोग्य मिति, तौल, मूल्य र ब्याच नम्बर लगायत उल्लेख हुनुपर्छ । तर, अहिले बजारमा भेटिने साबुनमा यि विवरणको अत्तोपत्तो छैन ।

कानुनतः उत्पादन मिति, ब्याच नम्बर, तौल र प्रयोगको म्यादजस्ता बिषय अनिवार्य उल्लेख हुनुपर्ने भए पनि यस्ता साबुनमा ती कुनै कुरा उल्लेख भएको हुँदैन । तर, यसको नियमलाई साबु उद्योगको हकमा लागू गराउन उपभोक्ता हित संरक्षण विभागले चासो देखाएको छैन ।

उत्पादनलाई गुणस्तरीय बनाउन उद्योगले कुनै मापदण्ड मान्नुपर्ने अवस्था सिर्जना गरिएको छैन । उद्योग दर्ता गरेर साबुन उत्पादन भइरहेको छ । यसलाई कानुनी रुपमा नियमन गर्ने कुनै निकाय नहुँदा बजारमा बिकृति बढेको छ ।

महत्वपूर्ण कुरा के भने २० रुपैयाँमा किन्न पाइने यस्ता साबुनबीच तौलमा बिबिधता छ । किन तौल घटी या बढी भयो भन्ने कुनै आधार उत्पादकसँग छैन । उपभोक्ताले पनि यसको सोधीखोजी गर्दैनन् ।

shop

  • कानुनतः उत्पादन मिति, ब्याच नम्बर, तौल र प्रयोगको म्यादजस्ता बिषय अनिवार्य उल्लेख हुनुपर्ने भए पनि यस्ता साबुनमा ती कुनै कुरा उल्लेख भएको हुँदैन ।
  • नाङ्गो साबुनमा खोल नहुने हुँदा त्यसमा के-के चीज मिश्रण गरिएको छ भन्ने जानकारी लेखिएको हुँदैन जसले गर्दा उपभोक्ताहरु आफ्नो अधिकारबाट बञ्चित छन्
  • अधिकांश साबुन उद्योगहरुले लुगा धुने साबुनमा जनावरको बोंसो प्रयोग गरिरहेको ती उद्योगले आयात गरेको सरकारी तथ्याङ्कबाट प्रष्ट हुन्छ । तर, उनीहरुले उपभोक्तालाई भैंसी वा सुंगुरको बोसो प्रयोग गरेको कुरा कतै उल्लेख गर्दैनन् । जसले गर्दा धार्मिकरुपमा त्यस्ता बस्तु प्रयोग नगर्ने समुदायले पनि अन्जानमा भैंसी वा सुंगुरको बोंसो प्रयोग गर्न बाध्य छन् ।
  • कति तौल भएको साबुनलाई कति मूल्य पर्ने ? न त तौलको कुनै मापन हुन्छ न त त्यसको मूल्यमा एकरुपता नै । त्यसैले उपभोक्ता उत्पादक र पसलेको मनलाग्दी मूल्यमा भरपर्नुपर्ने अबस्था छ ।
  • यस्ता साबुनमा कुन वस्तु कति परिमाणमा प्रयोग भएको छ भन्ने उल्लेख नहुँदा उपभोक्ताले आफु ठगिएको थाहै पाउँदैनन् । उपभोक्ता सचेतना नहुँदा उनीहरुले ती जानकारी पाउनु आफ्नो अधिकार हो भन्नेसम्म थाहा पाएका छैनन् ।

उपभोक्ता पनि सकेसम्म थोरै पैसामा ठूलो आउने साबुन रोज्छन् । ब्राण्ड के हो, र यसको उत्पादन कसरी हुन्छ र गरिन्छ भन्ने उपभोक्ताले सोच्नेसम्म गर्दैनन् ।

यसको फाइदा सीधै त्यस्ता गुणस्तरहीन साबुन उत्पादकले लिइरहेका छन् । त्यसैले यस्ता कर्तुत लुकाउन कतिपय उद्योगले त साबुनमा ब्राण्डसमेत उल्लेख नगरी बजारमा बिक्री गरिरहेका छन् ।
उपभोक्ता पनि सकेसम्म थोरै पैसामा ठूलो आउने साबुन रोज्छन् । ब्राण्ड के हो, र यसको उत्पादन कसरी हुन्छ र गरिन्छ भन्ने उपभोक्ताले सोच्नेसम्म गर्दैनन् ।

यसको फाइदा सीधै त्यस्ता गुणस्तरहीन साबुन उत्पादकले लिइरहेका छन् । त्यसैले यस्ता कर्तुत लुकाउन कतिपय उद्योगले त साबुनमा ब्राण्डसमेत उल्लेख नगरी बजारमा बिक्री गरिरहेका छन् ।

नाङ्गो साबुनमा खोल नहुने हुँदा त्यसमा के-के चीज मिश्रण गरिएको छ भन्ने जानकारी लेखिएको हुँदैन जसले गर्दा उपभोक्ताहरु आफ्नो अधिकारबाट बञ्चित छन् । उत्पादनमा के-के प्रयोग गरिएको छ भनर लेख्नु्पर्ने अन्तर्राष्ट्रिय अभ्यास र मान्यता हो । यो जान्न पाउनु उपभोक्तको अधिकार पनि भएको अधिकारकर्मी हुमागाईं बताउँछन् ।

अधिकांश साबुन उद्योगहरुले लुगा धुने साबुनमा जनावरको बोंसो प्रयोग गरिरहेको ती उद्योगले आयात गरेको सरकारी तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

तर, उनीहरुले उपभोक्तालाई थाहा नदिन भैंसी वा सुंगुरको बोसो प्रयोग गरेको कुरा कतै उल्लेख गर्दैनन् । जसले गर्दा धार्मिक रुपमा त्यस्ता बस्तु प्रयोग नगर्ने समुदायले पनि अन्जानमा भैंसी वा सुंगुरको बोंसो प्रयोग गर्न बाध्य छन् ।

यस्ता साबुनमा कुन वस्तु कति परिमाणमा प्रयोग भएको छ भन्ने उल्लेख नहुँदा उपभोक्ताले आफु ठगिएको थाहै पाउँदैनन् । उपभोक्ता सचेतना नहुँदा उनीहरुले ती जानकारी पाउनु आफ्नो अधिकार हो भन्नेसम्म थाहा पाएका छै्रनन् ।

कति तौल भएको साबुनलाई कति मूल्य पर्ने ? न त तौलको कुनै मापन हुन्छ न त त्यसको मूल्यमा एकरुपता छैन । त्यसैले उपभोक्ता उत्पादक र पसलेको मनलाग्दी मूल्यमा भरपर्नुपर्ने अबस्था छ ।

सरकारी निकायले पनि यसबारे कुरनै चासो नदेखाउँदा बजारमा गुणस्तर नभएका साबुनको बिगबिगी छ ।

न्युनतम् मापदण्ड नै नपुर्‍यारुइ उत्पादन भएका साबुनलाई बजार आउन दिनै नहुने उपभोक्ता अधिकारकर्मी बताउँछन् । प्रश्न उठिसक्दा पनि राज्यले यसबारे मौनता साँध्नुले आशंकाहरु जन्माएको उनीहरु आरोप लगाउँछन् ।

अन्यको हकमा लागू भएका नियम साबुनका लागि लागू हुँदैन भने जसरी राज्यले ब्यवहार गर्नु हास्यास्पदसँगै गम्भिर पनि भएको सरोकारवालाको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारको अभ्यासलाई आत्मसात गरेर बनेका नेपाली कानुनको खिल्ली उडाएर साबुनको उत्पादन र बिक्री वितरण भइरहँदा राज्य किन टुटुटुलु हेर्दैछ भन्ने प्रश्न उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment