
२० वैशाख, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । लामो समयदेखि जनमत सर्वेक्षणमा पछि परे पनि लेबर पार्टीका लागि एक चमत्कारपूर्ण पुनरागमन गरेका हुन् ।
देशमा बढ्दो महँगीको संकटले मतदाता नराम्ररी प्रभावित भइरहेका बेला उनले दोस्रो कार्यकालका लागि जित निकाले ।
देशको सार्वजनिक प्रशारक अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन ९एबीसी० ले शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको आधा घण्टापछि नै एल्बानेजको जीत घोषणा गरेको छ ।
यो पिटर डटन नेतृत्वको विपक्षी दलको लागि स्पष्ट पराजय भएका छन् । उनी वर्तमान अवस्थाप्रतिको असन्तुष्टिको लहरलाई सदुपयोग गर्दै चुनावमा उत्रिए पनि प्रचारका क्रममा भएका अनेकौं गल्तीहरू र राष्ट्रपति ट्रम्पको सन्देश तथा नीतिसँग जोडिएको छविका कारण कमजोर देखिए ।
एबीसीले डटनले सन् २००१ देखि जित्दै आएको क्विन्सल्याण्डको किल्लामा रहेको आफ्नो सिट समेत गुमाउने सम्भावना रहेको प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया 4