Comments Add Comment

जहाँ ७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

syria-unmarried

पुरुष नै नभएपछि महिलाको के हाल होला ? यो त्यस्तै देशको दर्दानक कथा हो । पुरुषको संख्या अति न्युन भएकै कारणले हो, ७० प्रतिशत महिलाले बिवाह गर्न पाएका छैनन् । देश हो, सीरिया ।

थाहा भएकै कुरा हो, यो मुलुक गृहयुद्धमा फसेको छ । हट्टाकट्टा जवान युद्धमा होमिएका छन् । उमेर पुगेका युवाहरु पाउँनै मुश्किल छ । कतिले युद्धमा ज्यान गुमाएका छन्, कति देश छाडेर भागेका छन् । यसको सोझो असर परेको छ, बिहे गर्ने उमेर पुगेका युवतीहरुलाई । ७० प्रतिशत महिला अबिवाहित छन् ।

पुरुषको अनुपातमा महिलाको संख्या बढ्दै गएपछि त्यसले सामाजिक विच्छृखंलता समेत निम्त्याउने खतरा बढेर गएको छ । कतिसम्म भने, त्यहाँका युवतीहरु आफुभन्दा दोब्बर उमेरका पुरुषसँग बिवाह गरेर यौन सम्पर्क राखेपछि पुन अर्की युवतीसँग पनि बिवाहका लागि प्रस्ताव गर्न थालेका छन् ।

महिलाहरुले आफ्नो ‘सेक्सुअल डिजायर’ पुरा गर्ने पुरुष समेत पाउन छाडेका छन् । जबकी पुरुषहरु आर्थिक अभावको कारण बिवाह गर्न र सन्तान जन्माउन असमर्थ छन् । १९८० देखि १९९० को बीचमा जन्मिएका युवाहरुको पुरै पुस्ता मासिएका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment