+
+
Shares

कुलमानले जनतासँग मागे सहयोग, कर्मचारी नआए आफैं मिटर रिड गरेर बिल तिर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १३ गते १६:५७

kulman-ghising
१३ माघ, काठमाडौं । मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा बहालवाला कर्मचारी नै पक्राउ परेपछि विद्युत प्राधिकरणले २४ सय कर्मचारीको सरुवा गर्‍यो । एकै चोटी सयौं कर्मचारीको सरुवा भएपछि दैनिक मिटर रिडिङ प्रभावित भएको छ ।

यो समस्या समाधानका लागि विद्युत प्राधिकारणका प्रमुख कुलमान घिसिङले जनतासँग सहयोग मागेका छन् । उनले यदि मिटर रिडर नआए आफैं मिटरमा उठेको अंक टिपेर महसुल तिर्न आउन आग्रह गरेका छन् ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सरुवा भएकाहरुको रमाना लिने र सम्वन्धित ठाउँमा पुग्न केही समय लाग्न सक्छ । यसले विद्युतको महसुल बुझाउने समय घर्किने र आम उपभोक्ताले जरिवाना तिर्नु पर्ने हुनसक्छ ।

आफ्नो कर्मचारी व्यवस्थापनकै कारण आम उपभोक्ता मर्कामा नपरुन भनेर आफैं मिटरमा उठेको अंक टिपेर महसुल बुझाउन आउन आउन प्राधिकरणले अपील गरेको छ ।

करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले हालै प्राधिकरणका कर्मचारी र केही व्यापारीहरुलाई पक्राउसमेत गरिसकेको छ ।

प्राधिकरणको अपील यस्तो छ

nea-notice

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?