Comments Add Comment

डा. केसीसँगको सहमति कार्यान्वयन गर्न समिति गठन

dr-govinda-kc-2

१४ माघ, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनबारे सुझाव दिन पूर्वमहान्यायाधीवक्ता गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनाएको छ ।

समितिमा श्रीकृष्ण गिरी सदस्य छन् भने उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य सचिव तोकिएका छन् ।

यो समितिले दन्त तथा आयुर्वेद विज्ञानबारे समेत सरकारलाई सुझाव दिने कार्यादेश पाएको छ ।

मन्त्रिपरिषद बैठकले मुस्ताङ जिल्लाको लोमान्थाङ आसपासको क्षेत्रमा नापी गर्न बाँकी रहेको जमिनलाई छिटै नापी गर्ने र नवलपरासीको बेलाहानीलगायतका क्षेत्रका बासिन्दाहरुको जग्गादर्ता गर्ने प्रयोजनका निम्ति एक समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रकाश माथेमालाई नेपाल सरकारको सचिव पदमा पदोन्नति गरेको छ ।

बैठकले नेपाल सरकारका शाखा अधिकृतहरुको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ ।

यसैगरी गरीबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरिएको छ ।

बैठकले सडक लगायतका विकास पूर्वाधारको तिब्रताकालागि विभिन्न स्थानमा योजना कार्यालयहरु स्थापना गर्ने निर्णय लिएको छ ।

एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ ।

यसैगरी आगामी वर्ष हुने बिमस्टेकको बैठक र आतिथ्यताको प्रवन्ध नेपालले गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment