Comments Add Comment

सकियो ‘जोनी जेन्टलम्यान’को छायांकन

johny-gentalman
चलचित्र ‘जोनी जेन्टलम्यान’को इन्ड क्ल्याप भएको छ । बिहिबार काठमाण्डौको एक बारमा प्रमोशनल गीत खिच्दै चलचित्रको छायांकन सकिएको घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा चलचित्रका मुख्य कलाकारले केक काटे र सेलिव्रेशन गरे । नितिन चन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ ।

चलचित्रलाई स्टाइलिस्ट बनाउन विशेष कोशिश गरिएको निर्देशक चन्दले जानकारी दिए । कमेडी, एक्सन र प्रेमको मिश्रण चलचित्रमा छ । कार्यक्रममा पल र आँचलको प्रेमको चर्चा पनि भयो । तर, आँचलले भने पलसँग नाम जोडिदा आफूलाई फाइदा नै भएको बताइन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।

नेपाल र भारतका विभिन्न रमणिय स्थानमा चलचित्रको छायांकन गरिएको छ । दशै अगाडिबाट छायांकन सुरु गरिएपनि ६० दिन पुरा खिचिएको निर्देशकले दाबी गरे । पल र आँचलले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र करिअर सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment