चलचित्र बजारमा नायक तथा मोडल पल शाह र नायिका तथा मोडल आँचल शर्माको प्रेम चर्चा खुबै छ । चलचित्र ‘नाई नभन्नु ल ४’बाट एकसाथ यो क्षेत्रमा आएका पल र आँचल गहिरो प्रेममा छन् भन्ने समाचार सार्वजनिक भैरहन्छन् । यो जोडीलाई अहिले यहि प्रश्नको उत्तर दिनु परिरहेको छ । तर, पनि आँचल र पल आफूलाई साथी भन्न पछि पर्दैनन् ।
अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा पल र आँचलले प्रेमलाई लुकाउन त खोजे, तर आँचलको कुरामा लुकेको प्रेम स्पष्ट देखियो । आँचल पललाई चलचित्र क्षेत्रकै जेन्टलम्यान भन्न रुचाउँछिन् । यतिमात्र होइन, आँचलको नजरमा पल ह्यान्डसम र समझदार छन् ।
पल र आँचलसँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः
आँचलले आफूले पलसँग बिहे गर्न चाहेको समेत स्पष्ट खुलाइन् । यता, पलले पनि आँचलसँग नै बिहे गर्ने बताए । पल र आँचलले चलचित्र ‘जोनी जेन्टलम्यान’को छायांकन सकेका छन् । अब, पल चलचित्र ‘म यस्तो गीत गाउँछु’मा नायिका पूजा शर्मासँग काम गर्दैछन् । अनलाइनखबरसँगै ‘मस्ती टक’ गर्ने क्रममा पूजाले आफूलाई पलसँग लभ पर्ला पर्ला जस्तो भएको बताएकी थिइन् ।
पलले भने पूजाको यो कुरालाई के भनेर जवाफ दिए होलान् ? यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ । तर, पूजाले मन पराउँदा पलकि रुमर प्रेमिका आँचललाई भने खुबै डाहा भएछ । उनले भनिन्-‘मलाई यो सुन्दा डाहा पनि लाग्छ र दुःख पनि महशुश हुन्छ ।’
निकै रमाइलो कुराकानी गरेको यो जोडीले आफ्नो प्रेम कहिले स्विकार गर्ला यो भने भोलीको दिनमा थाहा हुनेछ ।
प्रतिक्रिया 4