+
+
Shares

सरकार चुनावमा जान इच्छुक छैनः भीम रावल

रामहरी ओझा रामहरी ओझा
२०७३ माघ १७ गते १३:३७

१७ माघ, डोटी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकार चुनावमा जान इच्छुक नरहेको आरोप लगाएका छन् । गृह जिल्ला अछाम जाने क्रममा डोटीको सिलगढीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावको मिति घोषणा गर्न गरेको सम्झौता कार्यान्वयन नगरेको बताए ।

‘चुनाव नगराउने बहाना गर्दैछ सरकारले,’ नेता रावलले भने, ‘सबै दलहरुको सहमति भएपछि मात्र चुनाव हुन्छ भन्नु चुनाव नगराउने खेल हो ।’

०७० सालको संबिधानसभा निर्वाचनमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीलगायत ३३ दलहरुले चुनाव बहिस्कार गर्दा पनि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको उदाहरण दिँदै रावलले भने, ‘सबै दलहरुका बिचमा सहमति भएपछि मात्र चुनाव गराउँछु भन्नु चुनावबाट डराएर पछि हट्नु हो ।’

सबै दलको सहमति खोजेर मात्रै चुनाव गर्ने हो भने देशमा कहिल्लै पनि चुनाव नहुने रावलको भनाई छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?