Comments Add Comment

कांग्रेस नेता पौडेलले भने- निर्वाचनका लागि प्रधानमन्त्री नै बाधक


१७ माघ, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड नै निर्वाचनको बाधक देखिएको टिप्पणी गरेका छन् ।

मधेसी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको उनको आरोप छ ।

दक्षिण कोरिया भ्रमण पुरा गरी सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग पुनः आग्रह गरे । साथै माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिएका छन् ।

जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने उनले बताए ।

कांग्रेस नेता पौडेलले संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे प्रतिपक्षी एमाले र मधेसवादी दलहरु दुबैको अडान गलत भएको पनि बताए । साथै स्थानीय तह पुनसर्ंरचना आयोगको प्रतिवेदनबारे मधेसी मोर्चाको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment