Comments Add Comment

छोराका लागि किन लेख्दैनन् सलमानका बाबु

बलिउड अभिनेता सलमान खानका बाबु सलिम खान एक कुशल स्क्रिप्ट राइटर पनि हुन् । यद्यपि उनले आफ्नो छोराको फिल्मका लागि विरलै लेखेका छन् ।

सुपरस्टार छोराको लागि किन आफ्नो कलम रगड्न चाहेनन् त यी हस्तिले ? हालै उनले यसबारे मुख खोलेका छन् । सलिमका अनुसार उनी फिल्म फ्लप हुन्छ कि भन्ने डरले छोराका लागि लेख्दैनन् ।

‘मैले लेखेको फिल्म फ्लप भयो भने अपजस जति मेरो टाउकोमा जान्छ,’ टेलिभिजन च्यानल जी क्यासिकको ‘माइ लाइफ माइ स्टोरी’ मा अन्तरवार्ता दिँदै उनले भने, ‘हिट भयो भने सबै क्रेडिट सलमानले लैजान्छ । म यो दुष्चक्रमा फस्न चाहन्न ।’

सलिमले विगतमा सलमानको फिल्म पत्थरके फुलका लागि स्क्रिप्ट लेखेका थिए । सो फिल्मले राम्रै प्रशंसा कमाएको थियो । उनले जावेद अख्तरसँग मिलेर १९७० को दशकमा दीवार, शोले र डन जस्ता हिट फिल्म दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment