Comments Add Comment

‘रोमियो’को ‘बाबरी’ गीत रिलिज, मन जित्न सक्छ तपाइको


प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’को रोमान्टिक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘बाबरी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

यो गीतमा सन्तोष लामा र मेलिना राइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, मुकेश राइको शब्द छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो ।

यो चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, ओसिमा बुन, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो पनि चर्चामा छ ।

त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो चलचित्रको मेकिङ, कथावस्तु र प्रस्तुतीमा खुबै ध्यान दिइएको निर्माता तथा नायक हसनराजा खान बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment