Comments Add Comment

माहिरा र सन्नी लियोन एकअर्काको तारिफमा मग्न

शाहरुख खान अभिनित फिल्म रइसकी प्रमुख नायिका माहिरा खान र सो फिल्मको एउटा गीतमा आइटम डान्स गरेकी सन्नी लियोनबीच गजबको केमिस्ट्री छ । उनीहरु एक-अर्काको बयान गरेर थाक्दैनन् ।

भारतमा केही हिन्दू संगठनको चेतावनी पछि पाकिस्तानी अभिनेत्री माहिरा रइसको प्रमोसनमा भाग लिन सकिनन् । न उनी फिल्मको सक्सेस पार्टीमै देखिइन् । माहिराको साटो शाहरुखले सन्नीलाई लिएर फिल्मको प्रमोसनमा हिँडेका थिए । माहिरा हाल पाकिस्तानमै छिन् ।

गत शुक्रबार पाकिस्तानबाट एउटा भिडियो कम्फ्रेन्समा माहिराले सन्नीको बारेमा भनेकी थिइन्, ‘मलाई सन्नी लियोनको बेबी डल साह्रै मन पर्छ । मैले उनलाई एयरपोर्टमा भेटेकी थिएँ र हामीबीच लामो कुराकानी पनि भयो । उनी एकदमै प्यारी र राम्री छिन् । लैला मैं लैलामा त अहिलेसम्मकै सबैभन्दा राम्री देखिएकी छिन् ।’

माहिराले गरेको यस्तो प्रशंसालाई सन्नीले टि्वटरमार्फत जवाफ दिएकी छिन् । उनले लखेकी छिन्, ‘हो, मलाई एयरपोर्टमा उनीसँग भएको भेटघाट झल्झली याद छ । उनी औधि प्यारी छिन् र उनीसँग भेटेर म निकै खुशी भएँ ।’

राहुल ढालकियाले निर्देशन गरेको फिल्म रइसमा नवाजुद्दीन सिद्दिकी पनि प्रमुख भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment