Comments Add Comment

युएईमा घाइते जीवन रानामगरको परिवारलाई आर्थिक सहयोग

युएई । युएईको शारजाहमा गाडीको ठक्करबाट घाइते भएका जीबन रानामगरको उपचारका लागि एनआरएन युएईले दुई लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

राति बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा रानामगरको मेरुदण्ड र खुट्टाको हड्डी भाँचिएको छ । डाक्टरले शल्यक्रिया गर्न भने पनि उनको बीमा सुबिधा नभएकाले उपचारमा आर्थिक समस्या परेको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका महासचिव राम तामाङको पहलमा र एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा जीबन राना उपचार अभियान सुरु गरिएको थियो । सो अभियानमा झापाली समाजसहित युएईमा रहेका बिभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

उक्त अभियानमा झापाली समाजले ३ लाख ५० हजारभन्दा बढी सहयोग गरेको थियो भने अन्य बिभिन्न संघसंस्थाले पनि सहयोग रकम संकलन गरी हस्तान्तरण गरेका थिए ।

सहयोग समितिमा बिभिन्न राजनीतिक दलका भातृ संगठनसहित १३ वटा संघसंस्थालाई समावेश गरे पनि प्रवासी नेपाली मञ्च युएईले आपत्ति जनाएको भन्दै मञ्चको नाम सहयोग समितिबाट हटाइएको संयोजक श्रेष्ठले बताए ।

उपचारमा १४ हजार दिर्हामभन्दा बढी खर्च भएको छ । तत्काललाई उनी काम गर्न सक्ने अवस्थामा नभएकाले घर पठाउने प्रक्रिया सुरु गरिएको छ ।

आपत बिपतमा परेको नेपालीलाई एनआरएनले सधैं सहयोग गरिरहने एनआरएनए युएईका अध्यक्ष सुदीप कार्कीले बताए ।

जीबन रानामगरलाई सहयोग गरिएको पैसा उनकी श्रीमतीको नाममा नेपाल पठाइएको छ । तत्काललाई यहाँ खर्च हुने रकम जुटेकाले नेपालमा गएर थप उपचार गर्न सहयोग होस् भनेर आफूहरुले बिरामीकै सल्लाहमा पैसा नेपाल पठाएको एनआरएन युएईका उपाध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment