Comments Add Comment

चितवनमा ट्यांकरको ठक्करबाट छात्राको मृत्यु

२६ माघ, चितवन । तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा पूर्वी चितवनको ज्यामिरेमा एक छात्राको मृत्यु भएको छ । कलेजमा ट्युसन पढेर घर फर्किंदै गरेकी राप्ती नगरपालिका १२ की १७ वर्षीया सविना पुनको मृत्यु भएको हो ।

उनी टाँडीस्थित न्यू क्यापिटल कलेजको कक्षा १२ की विद्यार्थी हुन् । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । अस्पताल परिसरमा परिवारका सदस्य भावविह्वल अवस्थामा भेला भएका छन् ।

टाँडीबाट बीरेन्द्रनगरतर्फ जाँदै गरेको ना २ ख ५७५४ नम्वरको तेल ट्यांकरले पुन सवार ना ४२ प ४८८६ नम्वरको मोटरसाइकललाई चैनपुरचोकमा बुधबार बिहान ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट पुन चढेको मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।

मोटरसाइकल, ट्यांकर र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख घजिन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैबीच पाल्पाको कुसुमखोलामा स्कुल बसले किच्दा कक्षा २ मा अध्ययनरत बालिकाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment