+
+
Shares

रणवीर कपुरकी आमा बन्दै मनिषा कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २६ गते १३:४९


बलिउड चलचित्रमा कुनै समय सर्वाधिक सफल मानिएकी नायिका मनिषा कोइराला अहिले खासै चर्चामा छ्रैनन् । बलिउडका अधिकांश सुपरस्टारसँग काम गरेकी नेपाली चेली मनिषालाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको पनि लामै समय भैसकेको छ ।

तर, अब मनिषा एक चर्चित ब्यानरबाट कम ब्याक गर्ने तयारीमा छिन् । बलिउडका सफल निर्देशक राजकुमार हिरानी नायक संजय दत्तको बायोपिकमा चलचित्र बनाउँदैछन् । यो चलचित्रमा नायक रणवीर कपुरले संजयको भूमिका निर्वाहा गर्दैछन् ।

चलचित्रमा कलाकार परेस रावल संजयका पिता सुनिल दत्तको भूमिकामा देखिदैछन् । अब, चलचित्रमा संजयकी आमा नरगिसको भूमिका नायिका मनिषा कोइरालाले अभिनय गर्ने पक्का भएको छ । निर्देशक हिरानीले यो कुराको पुष्टी गरेका छन् ।

हिरानीले भने-‘नरगिस बलिउडमा ९० को दशककी चर्चित नायिका हुन् । मनिषा पनि सो समयमा बलिउडमा निकै चर्चित थिइन् । अर्कोकुरा, नरगिसको निधन क्यान्सरका कारण भएको थियो । मनिषाले पनि क्यान्सरलाई जितेकी छिन् ।

यसैले, धेरै कुरा मिल्ने भएकाले पनि मनिषालाई नरगिसको भूमिकामा चुनिएको हो ।’ यो चलचित्रमा नायिका दिया मिर्जा संजयकी पत्नी मान्यताको भूमिकामा देखिन लागेकी छिन् भने नायिका सोनम कपुर संजयकी प्रेमिकाको रुपमा देखिनेछिन् । मनिषा र संजयले आधा दर्जन चलचित्रमा एकसाथ काम गरेका थिए ।

राजकुमार हिरानी जस्ता निर्देशक र रणवीर कपुर जस्ता सफल नायकसँग टिमअप हुनु मनिषाका लागि पनि खुशीको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?