Comments Add Comment

सरकार आत्महत्याको बाटोमाः लालबाबु पण्डित

२६ माघ, भक्तपुर । पूर्वमन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयन गर्ने काममा नलागेर आत्महत्याको बाटोमा हिँडेको आरोप लगाएका छन् ।

भत्तपुरस्थित रफत सञ्चार क्लवमा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको आरोप लगाएका हुन् ।

‘सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामीरहेका छन्,’ उनले भने, ‘सत्तारुढ दलको व्यवहारले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको छ उनले चुनाव गरेर मुलुकलाई संविधान कार्यान्वयनको बाटो हिडाउने काममा घुट्टा नकमाउन सरकारलाई आग्रहसमेत गरेका छन् ।

उनले हार्ने डरले सत्तारुढ दल चुनावको मिति तोक्न डराएको आरोप लगाएका छन् । ‘सरकारमा गएपछि सत्ताको बलमा चुनाव जित्छु भनेर सरकारमा लालहीत हुने गरेको विगतको अवस्था ठिक उल्टो भएको छ,’ उनले भने, ‘सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment