Comments Add Comment

अचम्मको बिहेः बेहुला-बेहुली र जन्ती दौडेको दौड्यै

बिहे पनि कस्तो ? बेहुला, बेहुली र जन्ती सबै दौडेको दौड्यै । बेहुला-बेहुलीलाई त दौडिएको राम्रै भयो, किनकि बिहे गर्न पाए । तर जन्तीलाई सास्ती । दुलाहा-दुलही जता भाग्छन्, उतैउतै दौडिँदा पसिनाले निथ्रुक्कै ।

भारतको महाराष्ट्रस्थित कोल्हापुरमा हालै यस्तै अचम्मको बिहे भएको छ । त्यो बिहे कम, दौड बढी जस्तो लाग्थ्यो । बिहे सम्पन्न भइसक्दासम्म दुलाहा-दुलही र जन्तीले २५ किलोमिटर त दौडिएरै पार गरेछन् ।

कलोशी गाउँमा जब बिहान जन्ती निस्कियो तब सबै अचम्ममा परे । किनकि जन्तीहरु शुटबुटमा हैन जाँगे र टिसर्टमा थिए । जन्तीको त के कुरा बेहुला-बेहुलीले पनि बिहेका पहिरनमा होइन, जाँगे र टिसर्ट लगाएका थिए ।

गाउँबाट सुरु भएको उक्त बिहे दौड २५ किलोमिटर दूरी पार गरी बिहे दर्ता गर्ने सरकारी कार्यालयसम्म पुगेर सकियो । यो म्याराथन बिहेका पछाडि एउटा अनौठो कहानी छ ।

वास्तवमा बेहुला नवनाथ र बेहुली पूनमको चिनजान एक म्याराथन दौडका बखत भएको रहेछ । दुबैजना ३ वर्षसम्म म्याराथन एसोसिएसनसँग आबद्ध रहे । म्याराथनमा रुची हुनुका कारणले गर्दा उनीहरुले आफ्नो बिहेमा समेत म्याराथनलाई छाड्न सकेनन् र दौडिएरै बिहे गरे ।

म्याराथन बिहेका माध्यमबाट मानिसहरुलाई तन्दुरुस्तीकोे सन्देश दिन चाहेका उनीहरु बताउँछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment