+
+
Shares

राजविराजमा कालोबजारी गर्ने उमेशप्रसाद पक्राउ

रासस  रासस 
२०७३ माघ २८ गते ८:५२

२८ माघ, सप्तरी । सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो समोसा हो भनी बेचबिखन गर्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पसलमा सडेगलेको समोसा खरिद गरी खाने स्थानीय मानिस बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय राजविराजमा मौखिक उजुरी आएपछि प्रहरीको एक टोलीले सो मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा समोसा र खानेकुरासमेत फेला पारेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

पक्राउ परेका पसल सञ्चालक साहमाथि कालोबजारी मुद्दामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?