+
+
Shares

आर्यनसँग कलेज पढ्दै प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते १२:०६


नायिका प्रियंका कार्की अहिले एक नयाँ नायकसँग कलेज पढ्न थालेकी छिन् । प्रियंकासँग कलेज पढ्न थालेका नायक हुन्, आर्यन अधिकारी । जसले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।

आर्यन छोटो समयमा नै नेपाली चलचित्रमा आशालाग्दा नायकको रुपमा देखिदैछन् । उनी यतिबेला नायिका प्रियंका कार्कीसँग ‘बटरफ्लाई’ नामक चलचित्रमा काम गरिरहेका छन् । यो चलचित्रमा आर्यन र प्रियंका कलेजको पहिरनमा देखिएका छन् ।

ओम प्रतिकको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अर्पण थापा पनि मुख्य भूमिकामा छन् । पहिलो चलचित्रमा मरिष्का पोख्रेलसँग जोडी वाँधेका आर्यनले दोश्रो चलचित्रमा प्रियंका कार्कीसँग काम गरिरहेका छन् भने तेश्रो चलचित्रमा नायिका रेखा थापासँग काम गर्ने पक्का भैसकेको छ ।

छोटो समयमा नै देशका चर्चित नायिकाहरुसँग काम गरिरहेका आर्यनलाई चलचित्र क्षेत्रमा लामो रेशको घोडाको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?