Comments Add Comment

दोहोरो शतक हान्दै कोहलीले बनाए कीर्तिमान

२८ माघ, काठमाडौं । बंगलादेशविरुद्धको टेष्टमा भारतका कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका छन् ।

यससँगै उनले लगातार चार टेष्ट सिरिजमा चार दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् ।

दोस्रो दिन १११ रनबाट खेल्न थालेका कोहली २०४ रन बनाएर ताइजुल इस्लामको बलमा एलबीडब्लू आउट भए । उनी अघि रहाने ८२ रनमा आउट भए ।

बंगलादेशविरुद्धको एक मात्र टेष्ट म्याचमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले पहिलो दिन ३ विकेट गुमाएर ३५६ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment