Comments Add Comment

शिवपुरी धाममा ज्योतिर्लिङ्ग प्राण प्रतिष्ठाको तयारी पूरा

२८ माघ, कैलाली । धनगढी उपमहानगरपालिका ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा यहि माघ २९ गतेदेखि फागुन १३ गतेसम्म आयोजना हुन लागेको ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाको तयारी पूरा भएको छ ।

एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक आस्थाको धरोहरको रुपमा शिवपुरी धामलाई लिइन्छ ।

माघ २९ गतेदेखि फागुन १ गतेसम्म ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरिने र फागुन २ गते पशुपतिनाथ मन्दिरका मुल भट्ट -प्रधान अर्चक)ले उदघाटन गर्ने धामका अध्यक्ष एवं समाजसेवी श्याम तायलले बताए । उदघाटन पश्चात हेलिकप्टरबाट मन्दिर र धनगढी वरिपरि पुष्पवृष्टि गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

धाममा प्रखर पुराणवाचक पण्डित धर्मराज आत्रेयबाट संगितमय भागवत प्रवचन गरिने छ भने विवाह, व्रतबन्ध, ८४ पूजा लगायतका धार्मिक कार्यहरु पनि हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment