+
+
Shares

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ९:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् ।
  • नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले ३ भदौमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
  • नेकपासँग नयाँ सहमति भएपछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरी नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार शपथ खुवाएका छन् ।

८ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभा सचिव सुदर्शन खड्काले अनलाइनखबरलाई जानकारी  दिए ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको ३ भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेससँगको सहकार्य टुटेपछि अहिले प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ ।

नेकपासँग नयाँ सहमति भएसँगै मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरी नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार शपथ खुवाइ सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?