+
+
Shares

ओली भेट्न गुण्डुमा मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न भक्तपुरको गुण्डु पुगेका छन्।
  • मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबीच यसअघि मंगलबार पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

२० साउन, काठमाडौं ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

यसअघि मंगलबार पनि उनीहरूबीच छलफल भएको थियो । प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच गठबन्धन गर्ने सहमति भएको छ। सोहीअनुसार कोशीमा एमालेकै सरकार गठन गर्ने सहमति भएको थियो ।

तर अहिले एमाले संसदीय दलका नेता कार्कीलाई हटाएर अर्कैलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउन एमालेकै नेताहरू सक्रिय भएका थिए । विशेष गरी नेता शेरधन राई कार्कीलाई हटाएर अर्कै व्यक्तिलाई मुख्यमन्त्री बनाउन लागि परेका थिए । कार्कीले भने आफूले राजीनामा नदिने बताउँदै आएका थिए । उनले आफूले राजीनामा दिए प्रदेश सरकारमा संवैधानिक संकट आइपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?